नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । सांसद छन्त्यालको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो ।
मुटुमा समस्या देखिएपछि संसदको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेकी थिइनन् । उनको गत हप्ताको आइतबार आइतबार मुटुको शल्यक्रिया गरिएको थियो ।
उनी यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
उनको निधनमा कांग्रेसका शीर्षस्थ नेताहरुले दुःख व्यक्त गरेका छन् । छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको बताइएको छ ।








