प्रधानमन्त्री केपी शर्मा ओलीमाथी राजिनामा गर्न लगातार दबाब बढ्न थालेको छ ।उनिमाठीकओ राजनितिक संकट चुलिदो छ । पार्टीको जारी स्थायी कमिटीको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरीष्ठा नेताहरु माधब नेपाल, झालनाथ खानेल लगायत शिर्ष नेताहरु सहित हिजो बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका थिए । उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत ओलीको राजीनामा माग गरेका थिए । हिजो बोल्ने १८ सदस्यहरुमध्ये १७ जनाले ओलीको राजीनामा मागेपछि ओली थप दबाबमा परेका छन् ।
आज विहानै प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुललाई बालुवाटार बोलाएर परामर्शसमेत गरेका छन् । बालुवाटारमा ओलीले पूर्व माओवादी केन्द्रका मन्त्रीहरु शक्ति बहादुर बस्नेत, वर्षमान पुन, बिना मगरलाई बोलाएनन् । तर, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने पुगेका थिए ।
बरिष्ठ नेता माधव कुमार नेपाल खेमाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश कुमार भट्टराईपनि प्रधानमन्त्री ओलीले बोलाएको परामर्शमा सहभागी थिए । बैठकमा सहभागी मन्त्रीहरुले पार्टीको निर्देशन र निर्णयलाई सर्वोपरि मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन् ।घुमाउरो भाषामा उनिहरुले पार्टी निर्णय मानेर राजिनामा दिन भनेपछी प्रधानमन्त्री ओलि थप दबाबमा परेका छन ।
उता, ओलीनिकट स्थायी कमिटी सदस्यहरुले भने कुनैपनि हालतमा खुट्टा नकमाउने भरोसा दिएका छन् । उनीहरुले स्थायी कमिटी बैठकले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन नमिल्ने जिकिर गरेका थिए । यदि पार्टीले प्रधानमन्त्री ओलीलाई हटाउने हो भने संसदीय दलमा बहुमत पुर्याएर देखाउनुपर्ने पनि उनीहरुको तर्क छ । र, अध्यक्षबाट हटाउनको लागि एकता महाधिवेशन नै कुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले चाल्ने आगामी कदमका बारेमा थप राजनितिक छलफल गरिरहेको समाचार छ ।
यसै बिच नेकपाको जारी स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।नेताहरु संसद्मा जानुपर्ने भएकाले आजको बैठक छोटो समय बसेर सकिएको बताइएको छ ।








