कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले प्रतिनिधिसभा सांसद एबम कांग्रेस नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रती दुख ब्यक्त गरेका छन ।
छन्त्यालको निधनमा शोक सन्देश ब्यक्त गर्दै कोइरालाले नेपाली काङ्ग्रेसकी नेता, प्रतिनिधि सभा सदस्य मा . ज्ञान कुमारी छन्त्यालको असामयिक निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको उल्लेख गरेका छन ।
स्वर्गीय छन्त्यालले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याएको योगदानको स्मरण गर्दै कोइरालाले हार्दिक श्रध्दान्जलि ब्यक्त गरेका छन ।
छन्त्यालको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं संगठनकर्तालाई गुमाएको उल्लेख गर्दै महामन्त्री कोइरालाले शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन ।








