बुधबार सहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणका लागी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन् ।
नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका उनी हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी बालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली नियमित स्वास्थ्य परीक्षणकाे लागि सहिद हृदय केन्द्र जानुभएकाेमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएकाे छ ।
— Surya Thapa (@ThapajiSurya) July 1, 2020










