गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघद्वारा रक्तदान कार्यक्रम आयोजना



पूर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा नेविसंघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेविसंघ महामन्त्री उर्मिला थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा १०० जना भन्दा बढिले रक्तदान गरेको महामन्त्री थपलियाले जनकारी दिइन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै शभापती शेर बहादुर देउबाले स्कुलमा नेविसंघ नहुँदासम्म पार्टी बलियो नहुने भएकोले स्कुलमा नेविसंघ बनाउन नेविसंघका नेता- कार्यकर्ताहरुलाई निर्देशन दिए ।शभापती देउबाले भने“ जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्छ”, नेविसङ्घमा अहिले सङ्गठन निर्माण गर्न जरुरी छ ।”देउबाले लोकतन्त्र लाई सुरक्षित गर्न पनि नेविसंघ शशक्त हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजिब ढुङ्गाना,पूर्व महामन्त्री मनोज मणी आचार्य,महामन्त्री उर्मिला थपलिया लगायतले आ- आफ्नो धारणा राखेका थिए ।कार्यक्रमका बक्ताहरुले गिरिजाप्रसाद कोइरालाले मुलुकको राजनितिक परिवर्तनका लागी पुर्याएको योगदानको चर्चा गरेका थिए ।

तेस्तै कार्यक्रममा नेविसंघका महामन्त्रीहरु दिपक भट्टराइ, प्रभात दाहाल, मनोज बैध , बलदेब तिमील्सिना, युबराज पाण्डेय, नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्की, सांसद महिन्द्रा सुब्बा ,नेविसंघका उपाध्यक्ष तुलसा पन्त एबम नेविसंघका पूर्व पदाधिकारिहरु र अन्य भात्रीसंस्थाका नेताकार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  १० : १३ बजे