नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचकाे आजको वार्ता निष्कर्षमा पुग्न नसकेपछी सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाइएको छ ।
दुई नेताको छलफलमा सहमती ननिस्किएपछि सहमति खोज्न अघोषित रुपमा कार्यदल बनाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उक्त कार्यदलले पार्टीमा बढ्दै गएको विवाद समाधान हुनेगरी सहमतिको विन्दु खोज्नेछ।
कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा छन्। उनीहरु दुई अध्यक्षबीच आज भएको वार्तामा सँगै थिए। कार्यदलले सुझाव दिएपछि सोमबारको स्थायी कमिटी बैठकअघि फेरि दुवै अध्यक्षबीच सम्वाद हुनेछ ।








