पदाधिकारी सुविधा विधेयक पारित



प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ऐन पारित गरियोस भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०७७ सम्बन्धी समितिको प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गरेका थिए ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  १० : ३७ बजे