चिनिया राजदुतको राजनितिक सक्रीयता जारी : नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबिच भेटवार्ता



नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको राजनितिक भेटघाटप्रती सार्बजनिक टिका-टिप्पणिहरु भइरहेका बेला राजदूत यान्छीले नेकपाका नेताहरुसगको राजनितिक भेटघातलाई भने निरन्तरता दिएकी छन ।

उनले आज (बिहीबार)मात्रै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।

राजदूत यान्छीले आज दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

यसअघि उनले नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

नेकपाभित्रको विवाद चुलिरहेको अवस्थामा राजदूत यान्छीको दौडधुपलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

कुटनीतिक क्षेत्रका जानकारहरुले त राजदूत यान्छीको सक्रियतालाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।

उनले नेकपाको बिबाद मिलाउन र पार्टिलाई फुटबाट जोगाउन नेताहरुलाई भेटेर दबाब दिइरहेको अनुमान गरिएको छ ।

चिनिया दूतावासले भने नेताहरुसग राजदुतले गरेको कुराकानिलाई सामान्य भनेको छ ।

चिनले नेपालमा स्थिर सरकार र विकास भएको हेर्न चाहेकोले आजको भेटमा पनि राजदूतले त्यही कुरा गरेको चिनिया दुताबासले जनाएको छ ।

 

प्रकाशित मिति : असार २५, २०७७ बिहिबार  २ : ०३ बजे