सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको छ । समसामयिक राजनीतिक विषयमा र पार्टी भित्रको पछिल्लो गतिरोधका बारेमा दुइ नेताअबिच कुराकानी भएको ब ताइएको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिएको छ । यही कारणले स्थायी कमिटीको बैठकसमेत प्रभावित बन्दै आएको छ ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए भने ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । स्थायी कमिटीको बैठक आउने साउन २ गते बस्ने तय भएको छ ।
स्थायी कमिटीको बैठक अघिनै पार्टी भित्रको गतोरोध अन्त्य गर्न भ न्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले भेटघाट जारी राखेका छन ।








