नेकपा विवादः प्रधानमन्त्री ओलिको राजीनामा माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य



नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको अध्यक्ष पुष्पमल दाहालसहितको समुहले खुमलटारमा बैठक बसी पुरानै अडानमा यथावत् रहने निष्कर्ष निकालेको छ । आज बसेको बैठकले ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई नमान्ने र राजीनामा दिई मार्ग प्रशस्त गर्ने अडानमा यथावत् रहने निर्णय लिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठनेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । उनीहरुले कुनै प्रकारको भ्रम चिरेर बढ्नेबारे समेत छलफल गरेका छन् ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले वैचारिक बहस नगरी महाविशेनमा गर्ने प्रस्तावमा प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : श्रावण ४, २०७७ आइतबार  ९ : ०५ बजे