नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरि कोरोना र बाढी पहिरोका सम्बन्धमा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्नेका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन्।
देउवाले पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका थिए। देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।
विदेशमा अलपत्रपरेका नेपालीको उद्धार कार्यमा तिब्रता दिन ओलीलाइ आग्रह गरेका छन्।
बाढी र पहिरोबाट देशका विभिन्न स्थानमा अलपत्र परेकाहरुको पुनर्स्थापनाका लागिसमेत देउवाले पहल गरेका छन्।








