गोविन्दराज जोशीसहित तीन नेतालाई निष्कासनको निर्णयप्रती कांग्रेस शीर्ष नेताहरुको आपत्ति



पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने पार्टिको निर्णयप्रती नेपाली कांग्रेसका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन् ।

मिनेन्द्र रिजाल, शेखर कोइरालासहितका नेताहरुले तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णयप्रती सामाजिक सञ्जाल मार्फत असन्तोष व्यक्त गरेका हुन् ।कांग्रेस नेता मिनेन्द्र रिजालले ट्विटर्मार्फत प्रतिक्रीया ब्यक्त गर्दै यो घटनाबाट पार्टीले उदार लोकतान्त्रिक चरित्र गुमाउने खतरा बढेको तथा पार्टीका लागि गरेको त्यागको अवमूल्यन भएको बताएका छन् ।

तेस्तै नेता शेखर कोइरालाले पनि उक्त निर्णयको बिरोध गरेका छन ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।

 

तेस्तै नेता अर्जुन नरसिङ केसिले पनि उक्त निर्णयको औचित्य माथी प्रश्न उठाएका छन ।तेस्तै नेताअ अर्जुन नरसिङ केसिले पनि उक्त निर्णयको औचित्य माथी प्रश्न उठाएका छन ।महाधिवेशन प्ररम्भ भइसके पछि नयाँ संयन्त्र निर्माण, कारबाही र स्पष्टीकरणको कति औचित्य हो ?हिजो कारबाही परेको साथीहरुको नामावली हेर्दा के विकृति जड यत्ति मात्र हो ?अब समाप्त भयो ?नेता केसिले प्रश्न गरेका छन ।

नेपाली काँग्रेसले हिजो मात्रै पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेताहरुलाई नेपाली काँग्रेसले पार्टिबाट निष्काशित गरेको थियो । काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित तीनजनालाई अनुशासन उल्लंघन गरेको भन्दै निष्काशन गरेको हो ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आइतबार  ६ : ४१ बजे