महाधिवेशन प्रभावित पार्न विभागमा मनोनयन गरिएको शभापती देउवासग असन्तुष्ट नेताहरुको निष्कर्ष



महाधिवेशनको मिति तय भइसकेको अवस्थामा तथा आफुहरुको विरोधलाई वेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विभिन्न विभागमा मनोनयन गर्न थालेको निष्कर्ष नेपाली कांग्रेस भित्रको देउवा इतर समुहले लगाएको छ ।

आइतबार गोंगबुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यो विषयमा सवै शीर्ष नेताहरुले सभापति देउवालाई भेटेर विभागको मनोनयन रोक्ने आग्रह गर्ने र त्यसपछि पनि नरोकिए थप कदम चाल्ने निर्णय गरेको छ । कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ ।

तर १३ औं महाधिवेशनबाट सभापति बनेका देउवाले चार वर्षे कार्यकालभर विभाग नबनाई महाधिवेशनको तयारीमा लाग्नुपर्ने अवस्थामा विभागमा मनोनयन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको निष्कर्षमा सो समुह पुगेको छ । कांग्रेसको १४ औं महाधिवेशन फागुन ७–१० मा गर्ने निर्णय भइसकेको छ । २०७६ साल पुस ११ गते पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बाबजुद बहुमतले विधान संशोधन गर्दै विभागहरु २८ बाट ४७ बनाउने निर्णय गरेको थियो ।

पछिल्लो पटक वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाएका थिए । तर देउवाले भने सो असहमतिलाई वेवास्ता गरेपछि सवै शीर्ष नेताहरुले देउवालाई भेटेर असहमति जानउने निष्कर्षमा पुगेको एक नेताले बताए ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार  १ : १८ बजे