नेकपा संखुवासभाका सदस्यहरु सहित १० जना नेपाली कांग्रेसमा प्रवेश महामन्त्री डा. कोइरालाले गरे स्वागत



नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराउदै कांग्रेसमा स्वागत गरे।

महामन्त्री कोइराला निवासमा भएको पार्टी प्रबेश कार्यक्रममा उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । उनिहरुलाई कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरे ।उनिहरुको कांग्रेस प्रवेशले संखुवासभामा पार्टी लाई थप मजबुत बनाउने कोइरालाले बिश्वाश ब्यक्त गरे ।

उनिहरुलाई सदस्यता प्रदान गर्दै महामन्त्री कोइरालाले अब देशमा कांग्रेसको बिकल्प नभएकोले पार्टिप्रती सबैको आकर्षण बढी रहेको बताए ।पार्टिको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको उनले उल्लेख गरे ।

कोइरालाले जनताले बहुमत दिदा पनि कम्युनिष्टहरुले सदुपायोग गर्न नसकेको र जनमतको दुरुपयोग गरेको आरोप लगाए ।बर्तमान सरकार पुरै असफल भइसकेको कोइरालाको भनाइ थियो ।कार्यक्रममा आगामी निर्बाचनमा कांग्रेसलाई पहिलो पार्टी अबनाउने अठोटका साथ काम गर्न महामन्त्री कोइरालाले पार्टिका सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ८ : ०१ बजे