राप्रपा परित्याग गरी मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापाले आफू लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताएका छन्।’मेरो एउटा जिम्मेवारी थपिएको छ कि नेपालको लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिनको लागि हामी नेपाली कांग्रेसमा प्रवेश गर्यौं’, मंगलबार पार्टी प्रवेश कार्यक्रममा थापाले भने। उनले विभिन्न राजनीतिक आन्दोनलको नेतृत्व गरेको र नेपाली जनतालाई रैती र प्रजाबाट मुक्त दिलाई नागरिक तुल्याएको कांग्रेस प्रवेश गर्दा अपार हर्ष र खुसी लागेको बताए।
देशका प्रजातान्त्रिक शक्ति कमजोर हुँदै गएको र अधिनायकवादी शक्ति मौलाएकोले नेपाल प्रजातान्त्रिक विश्वबाट अलग्गिँदै गएको उनले बताए।पार्टी प्रवेश गर्दै पूर्वमन्त्री सनिलबहादुर थापाले नेपाली काँग्रेससँग आफ्नो परिवारको पुरानो साइनो भएको उल्लेख गरे । उनले ६५ वर्षपछि काँग्रेसँग नाता जोडेको बताए ।
पूर्वमन्त्री र थापा आजै नेपाली काँग्रेसका प्रवेश गरेका हुन्। उनलाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमबीच काँग्रेस सभापति शेरबहादुर देउवाले माला लगाएर स्वागत गरे।पार्टी प्रवेश कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विजयकमार गच्छेदार र विमलेन्द्र निधि, महामन्त्रीहरु डा । सशांक कोइराला र पूर्णबहादुर खड्कालगायत नेताहरु उपस्थित थिए ।








