फेरी चर्कियो सरकार बिरोधी ‘इनफ इज इनफ’ प्रदर्शन : बालुवाटारबाट सयौ समातिए



बिभिन्न माग राखेर आन्दोलन गरिरहेको ‘इनफ इज इनफ’ अभियानका अभियानकर्मिहरुको प्रदर्शनले फेरी गती लिन थालेको छ ।

यसै बिच पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा सयौ अभियन्ताहरु पक्राउ परेका छन ।  निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेत्रृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेका युथ कंग्रेस नेपालका नेता कार्यकर्ता समेत रहेका छन् । पक्राउ परेका ४० जनालाई कमलपोखरी वृत्तमा राखिएको छ । अन्य दर्जनौलाई महाराजगञ्ज, दरबारमार्ग, महेन्द्र पुलिस क्लब लगायतमा राखिएको छ।

पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्ने भ्रश्टाचारको छानबिन गरिनुपरी लगायत माग राखेरा ‘इनफ इज इनफ’ अभियानका नाममा शुरु भएको प्रदर्शनलाई नगरिक आवाजप्रतिको सरकारी बेवास्तासगको नागरिक असन्तुष्टिको रुपमा हेरिएको छ ।

धरपकड र पक्राउ गरिएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई ससम्मान तत्काल रिहाइ गर्न बिभिन्न राजनितिक दल र नागरिकहरुले माग गरेका छन भने इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेटेर पछिल्लो समय प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका राजनितिक दल र नागरिक समाजले उनिहरुको अभियानप्रती समर्थन जनाइरहेका छन ।

 

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  १० : ०८ बजे