प्रदेश ५ को काङ्ग्रेस संसदीय दलको नेतामा कनौडिया



प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया आज सर्वसम्मत चयन भएका छन ।

पार्टी संसदीय दलको बैठकले उनलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा काङ्ग्रेसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन ।

कनौडिया यसअघि दलका उपनेता थिए ।

कपिलवस्तु ३ (ख) बाट निर्वाचित उहाँलाई दलका नेतामा प्रमुख सचेतक सुुरेन्द्र हमालले प्रस्ताव र प्रदेशसभा सदस्य डिल्ली चौधरीले समर्थन गरेका थिए । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरलको निधनपछि

कनौडिया कार्यवाहक नेता थिए। संसदीय दलका उपनेताको पद भने रिक्त छ ।

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार  १० : २९ बजे