नेपाली कांग्रेसका युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले बर्तमान सरकारलाई दलालहरुको सांगठनिक झुण्ड भनेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलले भ्रष्टाचारको पिरामिडले सगरमाथाको उचाईलाई उछिनिसक्यो भन्दै कोभिड पछिका अनियमितताको कुनै लेखाजोखा नभएको बताएका छन ।
,फजुल खर्चको झन् कुनै सिमितता नभएको तर नागरिकको उपचारको लागि भेन्टिलेटर किन्न एक पैसा छैन भन्ने सरकारी भनाइप्रती उनले असन्तुष्टी प्रकट गरेका छन ।
नेता पौडेलले प्रश्न गर्दै भनेका छन्”सरकार शरम हुन्छ कि हुँदैन ?”
उनले कोभिड नियन्त्रणमा भन्दा भ्रष्टाचारमा सरकारको बढी ध्यान गएको टिप्पणी गरेका छन ।
सरकार दलालहरुको सांगठनिक झुण्ड भयो।भ्रष्टाचारको पिरामिडले सगरमाथाको उचाईलाई उछिनिसक्यो।कोभिड पछिका अनियमितताको कुनै लेखाजोखा छैन।फजुल खर्चको त झन् कुनै सिमितता छैन।चार महिनाको लक डाउन पछि सरकार भन्छ जनतालाई उपचारको लागि भेन्टिलेटर किन्न एक पैसा छैन।सरकार शरम हुन्छ कि हुँदैन?
— Pradip Paudel (@paudelpradipNC) August 14, 2020










