नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले कोरोना भाइरस नियन्त्रणका लागी सरकारलाई सुझाब दिएका छन ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण पछिल्लो समय काठमाडौ सहित देशैभरी फैलदै गएकोले भयावह स्थिति आउन नदिन सजकता अपनाउन सबैलाई अनुरोध गर्दै नेता कार्किले सामाजिक सञ्जाल फेसबुका मार्फत महामारी नियन्त्रणका लागी प्रभाबकारी काम गर्न सरकारलाई सुझाब दिएका हुन ।
कोरोना भाइरस नियन्त्रणका लागी सरकारले प्रभाबकारी कदम चाल्न नसकेको जनगुनासो बढिरहेका बेला उनले सरकारलाई सुझाब दिएका हुन ।सरकारले कोरोना भाइरस बिरुद्दकोको भ्याक्सिन अग्रिम बुकिङ गरेर आम नागरिकको जिबन रक्षालाई पहिलो प्रथमिकतामा राख्नुपर्ने , अस्पतालहरु सर्बसाधारणको पहुँचमा हुनुपर्ने र काठमाडौमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन पर्ने पनि नेता कार्किले सुझाब दिएका छन
नेता कार्किले सरकारलाई दिएका सुझाबहरु
१) १५ दिनको लागि लकडाउन कर्फ्यु लगाउन पर्ने !
२) देशभर लकडाउन कर्फ्यु जारी गरि परिक्षणको दायरा बिस्तार गर्नुपर्ने
३) केही प्राइभेट तथा सरकारी अस्पताललाई कोरोना (कोविड -१९ ) अस्पतालको रुपमा बिकास गर्नुपर्ने
४) अस्पतालहरु सर्बसाधारणको पहुँचमा हुनुपर्ने
५) काठमाडौमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन पर्ने
६) कोरोना भाइरस परिक्षण बिधी (प्क्र )को रिपोर्ट छिटो आउने मेसिनको ब्यबस्थापन गर्नुपर्ने
७) काठमाडौ उपत्यकामा आवतजावत तत्कालको लागि पुर्ण रुपमा बन्द गर्नुपर्ने
८) कोरोना (कोविड -१९) भाइरसको भ्याक्सिन बनिसकेको र बन्ने क्रममा रहेको हुँदा नेपालले पनि उक्त भ्याक्सिनको अग्रिम बुकिङ गर्नुपर्ने








