अध्यक्ष पौडेलद्धारा युवा जागरण अभियानमा प्रदेश संयोजक नियुक्त



युवा जागरण अभियानको विभिन्न प्रदेशका लागि अभियानका प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ ।

अभियानका अध्यक्ष चिन्तन पौडेलद्धारा जारी विज्ञप्ती अनुसार अभियानको संगठन विस्तार र नीति तथा कार्यक्रम संचालनका लागि प्रदेश संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ ।

जिम्मेवारी पाउनेहरुमा सुदुरपश्चिम प्रदेशका लागि भुवान भट्ट, गण्डकी प्रदेशका लागि सुशील तिमिल्सिना, प्रदेश दुईमा संजिवकुमार यादव, कर्णाली प्रदेशमा ईश्वरबहादुर विष्ट र प्रदेश नम्बर १ का लागि प्रेमिका रानामगर छन् ।

प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार  ११ : २२ बजे