नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि १० एजेन्डाहरु अघि सारेका छन् । उनले आशन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेन्डाहरु अघि सारेका हुन् ।
“मैले नारा मात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेका एजेन्डा सार्वजनिक गर्दै भनेका छन् ।
यस्ता छन् वरिष्ठ नेता पौडेलले अघि सारेका १० एजेण्डाहरु
१ नेपालको वर्तमान संविधान लागु गर्ने ।
२ नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।
३ नेपालको उन्नतिको बाटो देखाउने ।
४ नेपालमा सुशासन लागु गराउने ।
५ नेपालको असंलग्नता र तटस्थतालाई बचाउने ।
६ नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।
७ कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।
८ नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।
९ नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।
१० नेपाली कांग्रेस विचार शून्य र दिशाविहीन छैन भन्ने सावित गराउने ।








