सीटीइभीटीको तालिम खारेज गर्ने निर्णयप्रति नेविसंघको आपत्ती



नेपाल विद्यार्थी संघ नेविसंघले प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) बाट संचालित तालिम खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सम्बन्धि सीएमए, एएनएम, ल्याब एसिस्टेन्ट र आयुर्वेद लगायत टीएसएलसी–एसईई स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने गरी गरिएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेविसंघले भावी योजना र विकल्पसमेत नदिइनु र बिगत २५ वर्षदेखि अविछिन्न संचालित तालिम बन्द गर्दा अन्योलता छाएको समेत जनाएको छ ।

उसले सोधेको छ, ‘हाल कोभिड विरुद्धको लडाइँमा फ्रन्ट लाइनरको रुपमा कार्यरत सीएमए, एएनएम, ल्याब एसिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजना बिना नै किन बन्द गरियो रु’

नेविसंघको विज्ञप्तिमा भनिएको छ, ‘नयां शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पुर्ण तैयारी भैसकेको अबस्थामा बिद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि यो निर्णयले ठूलो नकारात्मक असर पारेको छ। पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल वान, लेभल टु जस्ता तालिमहरु भने संचालन गराई राख्ने क्रियालाप खराब नियत मनशायबाट ग्रसित छ।’

त्यसैगरी नेविसंघले भनेको छ, ‘सीटीइभीटी अध्ययन गर्ने विद्यार्थीहरुको बिगत १३९१४ महिना अगाडि दिइएको परीक्षाको परीक्षाफल रोकिएको, सबै विकल्प सहितको बैकल्पिक माध्यमबाट कक्षा संचालन हुन नसकेको, परीक्षा संचालन गराउने सम्बन्धमा गम्भीरता नदेखिएको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रकाशित मिति : भदौ १५, २०७७ सोमबार  ८ : ३२ बजे