नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लामा तत्काल पार्टिको क्रीयाशिल सदस्यता बितरण गर्ने बाताबरण बनाउन आग्रह गरेका छन ।जुम बैठक मार्फत पार्टिको आगामी महाधिबेशन र जिल्ला अधिबेशनका बारेमा गरिएको छलफल र अन्तर्क्रीयामा आफ्नो धारणा राख्दै नेता कार्किले क्रीयाशिल सदस्यता पार्टिको साङगठनिक जिबनसग जोडिएको बिषय हुनाले यसमा धेरै बिबाद नबढाउन पार्टिका नेताहरुलाई आग्रह गरेका हुन ।
क्रीयासिल सदस्यताबाटै हरेक ब्यक्तिले पार्टिमा औपचारिक प्रबेष गर्दै आफ्नो राजनितिक जिबनको शुरुवात गर्ने भएकोले यसलाई बिबादित बनाउन नहुनेमा कार्किको जोड थियो । पार्टीले निर्धारण गरेको मापदण्ड भित्र रहेर निरन्तर काम गरेका र पार्टिको बिचार एबम सिद्दान्तप्रती आस्थावान सबैले बिना कुनै भेदभाब र राजनितिक आग्रह पुर्बाग्रहबिना क्रीयाशिल सदस्यता पाउनु पर्ने नेता कार्किले माग गरे ।
कृयासिल सदस्यता लगायतका अन्य बिशयहरुमा पार्टिमा लामो समय चलेको बिबाद र अस्वस्थ प्रतिस्पर्धाले पार्टिलाई कमजोर बनाएको उल्लेख गर्दै उनले पार्टी प्रतिपक्षमा रहेको अहिलेको अवस्थामा बाद -बिबाद छोडेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए ।कार्कीले आगामी निर्बाचनमा सोलुखुम्बु जिल्लामा कांग्रेसलाई बिजयी बनाउदै जिल्लाको समग्र बिकाश लाई अघी बधाउनका लागी अहिले देखी नै योजना बनाएर लाग्नुपर्नेमा जोड दिदै त्यसका लागी पार्टिको एकतानै महत्वपुर्ण भएको बताए ।
कार्यक्रममा बोल्दै नेता कार्किले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण पनि बढ्दो दरमा रहेकाले सचेतना अपनाउन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका नेता राम बहादुर बस्नेत, नेताहरु हुत्त राज बस्नेत,शुभराम बस्नेत, राजन बस्नेत, डोल्मा तामाङ, घनराज सुनुवार्, कांग्रेस लिखुपिके गाउ पालिकाका अध्यक्ष सुबर्ण बहादुर बस्नेत, नेबिसंघ सोलुखुम्बुका पूर्व अध्यक्ष बाबुराम आचार्य,नेबिसंघका नेता दिनराज बास्तोला लगायत जिल्लाका थुप्रै नेताहरुको सहभागिता थियो ।कार्यक्रममा सहभागी सबैले जिल्लामा तत्काल क्रीयासिल सदस्यता बितरण गर्ने र पार्टिलाई एकजुट बनाउदै सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।








