नेकपा सचिबालयको बैठक बस्दै



नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज ११ बजे बस्ने भनी ४ बजेका लागि सारिएको छ । पार्टी एकताका लागि सहमतिको खाकालाई अन्तिम रुप दिनेबारे छलफल केन्द्रित हुने भएकाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निकै महत्वपूर्ण हुनेछ ।

बैठकमा पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलको सुझावलाई अन्तिम रुप दिई पारित गर्नेबारे छलफल हुने बुझिएको छ । यसबारे वृस्तृत छलफल गरी स्थायी कमिटी बैठकमा सहमतिको खाकालाई पारित गर्नेबारे छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : भदौ १८, २०७७ बिहिबार  ४ : २० बजे