एनआरएन केन्द्रीय सदस्य थापाकाे पहलमा जापानवाट कराेडाैकाे एन्टिजिन कीट सरकारलाई हस्तान्तरण



गैरआवासिय नेपाली संघका मानार्थ केन्द्रीय सदस्य एवं एनआरएनए अभियान्ता कपिलदेव थापको पहलमा जापानवाट  ३० मिनेटमै कारोना परिक्षण गर्ने ७ हजार एन्टिजिन किट  नेपाल सरकारलाइ हस्तान्तरण गरिएको छ। थापाको परिवारका सदस्यहरुले उक्त सामान स्वास्थ मन्त्रालयमा सरकारलाई हस्तान्तरण गरेका थिए ।

कोभिड(१९ महामारिको बेला आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने हेतुले करिब २१ करोडको ५० हजार थान एन्टिजिन किट  पठाउन पहल गरेकोमा पहिलो चरणमा  ३ करोड बराबरको ७ हजार थान किट हाल नेपाल पठाइएको एनआरएनएका मानार्थ केन्द्रीय सदस्य कपिलदेव थापाले बताए  ।

७ हजार थान एन्टिजिन किट नेपाल पठाउदा टोकियो बाट प्लेनमा ढुवानी गर्नका लागी नेपाल एयरलाइन्स का निर्देशक टंक दाहाल, एनआरएन आई सि सि का कोषाध्यक्ष महेस कुमार श्रेष्ठ  र एनआरएनए जापानको पुरै टिम लगायत जापान वासि धेरै साथिहरूको समेत सहयोग रहेको थापाले बताए ।नेपाल सरकार स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य बिज्ञ डा। रोशन पोखरेलले नेपाल सरकारको तर्फवाट समन्वयका लागि सहयोग गरेका थिए ।

सरकारलाई हस्तान्तरण गरेको ७ हजार पिस एज्टिजिन किटबाट  आज मंगलबार देखि काठमाण्डौको १२ वटा हस्पिटलहरूमा चेक गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ।  यसको उपयोग र उपयोगिता लाइ हेरेर नेपाल सरकारको माग बमोजिम बाकि ४३ हजार पिस लगभग १८ करोडको कारोना परिक्षण गर्ने एन्टिजिन किट बिस्तारै नेपाल पठाउने प्रक्रियाहरू मिलाइएको एनआरएनएका मानार्थ केन्द्रीय सदस्य कपिलदेव थापाले बताए ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  १० : ३३ बजे