त्रिविका पदाधिकारीलाई विश्वविद्यालय प्रवेश गर्न नेविसंघको रोक



नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ।

प्राज्ञिक क्षेत्रलाई नेकपाको भर्ति केन्द्रबाट मुक्त गर्न प्रवेशमा रोक लगाएको संघले जनाएको छ। प्राज्ञिक मर्यादा र क्षमताको आधारलाई कुल्चेर दलीयकरण गरिएको जनाएको छ। भौतिक सुधारको भिजन र योजना पदाधिकारीमा नदेखिएको संघले आरोप लगाएको छ।

उच्च शिक्षाका नाममा विश्व बैंकबाट ऋण लिँदै आएता पनि शैक्षिक सुधार हुन नसकेको संघले जनाएको छ। कोभिड- १९ को महामारीको समयमा कक्षा सञ्चालन नगरी असक्षम र असफल भएको संघको दाबी छ।

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  ११ : ०७ बजे