कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाको स्वास्थ्य अवस्था सामान्य तथा स्थिर रहेको छ ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको ॐ अस्पतालले जनाएको छ । कोइरालालाई हिजो साँझ ज्वरो आएपछि ॐ अस्पतालमा भर्ना गरिएको थियो ।
सामाजिक सञ्जाल मार्फत धेरैले कोइरालाको स्वास्थ्यलाभको कामना गरिरहेका छन ।









