नेपाली कांग्रेसका संस्थापक स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य हुँदै उनले राणा शाषन हटाउने अभियान मार्फत राजनितिक जिबनको शुरुवात गरेका थिए ।
राणा शाशनका कारण देशमा बस्ने अवस्था नभएपछी भारत प्रबासिएका स्व सिंहको भेट बिपी कोइरालासग भएपछी नेपालमा राजनितिक पार्टी सञ्चालन गरेर राणा शाषन हटाउने अभियान शफल हुँदै नेपाली कांग्रेसको स्थापना भएको थियो ।
तत्पश्चात नेपाली कांग्रेसमा आबद्द हुँदै र पार्टिलाई नेतृत्व प्रदान गर्दै स्व सिंह नेपालमा प्रजाअतन्त्र स्थापना गर्ने अभियानमा होमिए । जेल नेल यातना प्रबास लगायत अनेक अफ्ठेरा परीस्थीतिको सामना गरेर कत्ती बिचलित नभै क्रान्तिमा लागिपर्ने स्व सिंको अठोटले क्रान्ती सफल पार्न ठुलो भूमिका खेल्यो ।
२००७ सालमा देशमा स्थापना भएको प्रजातन्त्र सक्मेत लामो समय टिक्न सकेन २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे ।जुन सुकै मुल्यमा पनि देशमा पुर्ण लोकतन्त्र ल्याएरै छाड्ने उनको अठोटका कारण बिभिन्न सङ्घर्षहरु हुँदै मुलुक २०४६ सालको जनाआन्दोलन तर्फ अघाडि बढ्यो ।२०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको नेतृत्वमा २०४६ को जनाआन्दोलन सफल भएपछी नेपालबाट पञ्चायती शाषन समाप्त भएको थियो ।
जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।
राणा शाषन र पञ्चायती शाषन समाप्त गर्दै देशमा प्रजाअतन्त्र स्थापना गर्न गरेको सङ्घर्ष र त्यागले उनलाई सदैब अबिश्मरणिय बनाएको छ ।उनै त्याग, सङ्घर्ष र दृढ अठोटका प्रतिक नेपाली कांग्रेसका संस्थापक स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाइदै छ ।कोरोना संक्रमणका कारण उनस्को स्मृतिमा भर्चुअल रुपमा विभिन्न कार्यक्रमको आयोजना हुँदैछन ।








