नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष महाधिवेशन बोलाएर भएपनि पार्टी बचाउनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले सोमवार एक विज्ञप्ती जारी गर्दै नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिस देखिएको बताएका छन् ।
पौडेलले एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न नगरेको, समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिदा अधिबेशननै अन्योलमा पर्ने स्थिति पैदा भएको उल्लेख गरेका छन् ।
आसन्न फागुनमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाउनुपर्ने उनको भनाइ छ । समयको सदुपयोग गर्दै समयमा महाधिवेशन सम्पन्न गरौं अन्यथा पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउनुपर्ने पौडेलको भनाई छ ।
पौडेलले पार्टीको वैधानिक व्यवस्था स्मरण गराउँदै विशेष महाधिवेशनको कुरा अगाडि सारेको देखिन्छ । आफू गत महासमितिको वैठक देखिनै पार्टीमा अधिवेशनको कार्यतालिका बनाएर समयबद्ध काम गरौं भन्ने प्रस्ताव गरेको स्मरण गराएका छन्








