कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीमाथी राज्यले दादागिरी गरेको भन्दै डा. केसी माथी राज्यले गरेको दुर्ब्यबहारलाई खेदजनक भनेका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै पौडेलले ‘अन्यायको विरुद्ध लड़ाई छेडेका एउटा सन्तसङ्ग बाहुबलको राज्य कति कापेको ?’ प्रश्न गरेका छन ।
उनले न्यायका निम्ति लड्ने निमुखासङ्ग आफ्नो बाहदुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने सरकारको घिनलाग्दो प्रवृतिले लोकतन्त्रलाई कोमामा पुर्याउने निश्चित भएको उल्लेख गरेका छन ।
डा. केसी प्रती सरकारले गरेको कडा ब्यबहारप्रती सामाजिक सञ्जाल मा समेत सरकारको चर्को आलोचना भएको छ ।








