नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता गरेको छ।नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ।
सो समूहले पार्टी सोमबार १ः४० मा पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् विरोधपत्र दर्ता गराएको हो।पौडेल समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर विरोधपत्र दर्ता गर्न गरेको हो।
“यदि सभापतिज्यूले आगामी असोज १९ गते राखिएको केन्द्रीय कार्यसमितिको बैठकसम्ममा विधानसम्मत् उठाइएका उपरोक्त विषयहरुको न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं,” पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
यी हुन् देउवाविरुद्ध हस्ताक्षर गर्ने नेताहरु
१. रामचन्द्र पौडेल, नेता, नेपाली कांग्रेस
२. डा. शशांक कोइराला, महामन्त्री, नेपाली कांग्रेस
३. सीतादेवी यादव, कोषाध्यक्ष, नेपाली कांग्रेस
४. प्रकाशमान सिंह, केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री, नेपाली कांग्रेस
५. डा रामशरण महत, केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस
६. अर्जुननरसिंह के.सी., केन्द्रीय सदस्य तथा पूर्व सहमहामन्त्री, नेपाली कांग्रेस
७. बलबहादुर के.सी., केन्द्रीय सदस्य, नेपाली कांग्रेस
८. महेश आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
९. दिलबहादुर घर्ती, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१०. डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
११. सुजाता कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१२. दिलेन्दप्रसाद बडू, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१३. डा शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१४. दीपक गिरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१५. नविन्द्रराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१६. डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१७ कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१८. धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१९. रत्ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२०. बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२१. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२२. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२३. कल्याणकुमार गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२४. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२५. हृदयराम थानी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२६. किरण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२७. सरिता प्रसाईं, केन्द्रीय सदस्य, नेपाली कांग्रेस








