सरकारले दशैमा जनतालाई राहत उपलब्ध गराओस : कांग्रेस युबा नेता प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले लामो समय कोरोना महामारी र लकडाउन झेलेका जनतालाई दशैमा राहत दिन सरकारसग माग गरेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत नेताअ पौडेलले जनताका समस्या ज्यूँका त्यूँ भएको र सबै पेशा ब्यबसाय बन्द भएकोले जनताले राहत पाउनुपर्ने तर्क गरेका छन ।

उनले अहिलेको बिषम परीस्थीतिमा पनि सरकार अझैपनि सत्ता र शक्तिको लड़ाईमै अल्झिरहेको समेत आरोप लगाएका छन ।

उनले कम्तीमा पनि दसैमा जनतालाई राहत उपलब्ध गर्न सरकारको ध्यान जाओस भनेका छन ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ११ : ०० बजे