दृढ इच्छाशक्ति भए मात्रै जैविक विविधता संरक्षण गर्न सम्भब: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताएका छन् ।

‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दृढ राजनीतिक इच्छाशक्तिका साथै विचार र नवप्रवर्तनको प्रवर्द्धनसहित जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्नु आवश्यक भएकोमा जोड दिए ।

मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्वकांक्षी लक्ष्यहरू निर्धारण गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहिबार  २ : ५६ बजे