नेपाली काँग्रेस बाजुराको जारी बैठकमै ७२ जनाले नेकपा परित्याग गरेका छन् । शुक्रबार सदरमुकाम मार्तडीमा जारी बैठकमा वडिमालिका नगरपािलका वडा नं ९ का ७२ जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसले जनाएको छ ।
पार्टी परित्याग गर्नेमा वडिमालिका नगरपलिका वडा नं ९ का टेक बहादुर नेपाली सहित सपरिवार ३० जना, कमल नेपाली सहित सपरिवार १५ जना, प्रेम नेपाली सहित सपरिवार २ जना, परे विक सहित सपरिवार ७ जना, डम्मर विक सहित सपरिवार ८ जना, विरमान विक सहित सपरिवार ९ जना, प्रकाश विक सहित सपरिवार ७ जना र मानसिंङ्गं ल्वार सहित सपरिवार ६ जना गरी वडिमालिका नगरपािलका ९ का ७२ जनाले नेकपा परित्याग गरेको नेपाली काँग्रेस बाजुराले बताएको छ ।
नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिती सदस्य कौशल विक र नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिती सदस्य तथा वडिमालिका नगरपलिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावलको समन्वय तथा पहलमा वडिमालिका नगरपलिका ९ का ७२ जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको बताइएको छ ।








