भोलीबाट बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रिय समिती बैठक अनिश्चित भएको छ।
केन्द्रिय समितिका चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको हो ।१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो ।
गत बिहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
नेताहरूमा कोरोना संक्रमण देखिएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित छ।
फागुनमा तोकिएको १४ औं महाधिवेशन कार्यतालिका हेरफेरका बारेका छलफलका लागी बैठक बोलाईएको थियो ।








