अनसनरत डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्। सरकारसँग ८ बुँदे सम्झौता भएपछि उनले अनसन तोडेका हुन ।
शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।उनलाई अब आइसीयुमा भर्ना गरिने जनाइएको छ।
शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।








