कर्णालीमा प्रचण्ड र माधब नेपाल समुहबिच एकता : मन्त्रिपरिषद् पुनर्गठन हुने



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव तुहिएको छ ।

विश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेसँगै यस्तो भएको हो ।

योसँगै अब मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको छ । त्यसक्रममा माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको छ ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ८ : ४५ बजे