नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लाको सिमानामा सीमा विज्ञ पठाउन सरकारसंग माग गरेका छन् ।
वरिष्ठ नेता पौडेलले समाजिक संजाल मार्फत हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गर्न माग गरेका छन् ।
उनले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी माग्नुपर्ने समेत बताएका छन् ।
वरिष्ठ नेता पौडेलले कर्णाली प्रदेशका विपक्षी दलका नेता एंव कांग्रेस केन्द्रीय सदस्य जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाएर आफ्नो मिचिएको हो होइन यकिन गनुपर्ने बताएका छन् ।
हुम्लामा सीमा विज्ञ पठाउँ !
स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी मागोस् र माननीय जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गरियोस् !#nepal#Border #china— Ram Chandra Paudel (@NcPaudel) October 14, 2020










