जाजरकोटमा नेकपा रित्तिदै : ४२ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश



जाजरकोटको भेरी नगरपालिकामा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाबाट ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।यस अघी दुइ हप्ता अघी मात्रै पनि जाजरकोटमा ठुलो सङ्ख्यामा नेकपा कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका थिए ।

मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा भेरी नगरपालिका ३, जाजरकोटमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाका ४२ जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । उक्त वडामा कांग्रेसका उम्मेदवार लीलाबहादुर शाहको प्यानल नै विजय भएको थियो ।

नवप्रवेशीलाई संविधानसभा सभासद एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले पार्टी सदस्यता दिएर स्वागत गरे । विश्वभर फैलिएको कोभिड महामारिका बिच पनि नेता शाह गाउँ गाउँमा पार्टी संगठनको काममा सक्रिय छन् । जाजरकोटमा दुई सातामा कांग्रेस प्रवेशको यो दोस्रो कार्यक्रम हो ।

गत साता मात्र जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित तीन दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए। शिवालय ५ थालारैकरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्य सहित ३ दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १० : १७ बजे