प्रधानमन्त्री ओलिद्वारा मन्त्रीपरिषदमा हेरफेर : बिष्णु पौडेल अर्थमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएका हुन् ।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, उनले महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १ : १० बजे