प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद हेरफेर गरेपछी नेकपामा बिबाद चुलिदै : प्रचण्डसहितका नेताहरु असन्तुष्ट



प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद हेरफेरप्रती अर्का अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि बाहिरिएको छ । दाहालले यसमा आफ्नो सहमति नभएको कुरा बताएका छन् ।

बुधबार बिहान ओली र प्रचण्डबीच छलफल भएपनि मन्त्रिपरिषद हेरफेरबारेमा प्रधानमन्त्री ओलीले कुनै चर्चा नगरेको खुमलटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुई अध्यक्षबीच कर्णाली प्रदेशमा देखिएको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा मात्र छलफल भएको थियो ।

बुधबार नै तीन जना मन्त्री चयन हुँदैछ भन्ने बारेमा चर्चा समेत नगरेको स्रोतले दावी गरेको छ ।

स्थायी कमिटीको बैठक तथा सचिवालयले गरेको निर्णय विपरीत प्रधानमन्त्री ओलीले मन्त्री चयन गरेको प्रचण्ड लगायत नेताहरुको आरोप छ ।

कुनै पनि नियुक्ति गर्दा दुई जना अध्यक्षको परामर्श र सल्लाहमा गरिने पार्टीले निर्णय नै गरेको छ । तर प्रधानमन्त्री ओलीले पटक पटक पार्टीलाई बाइपास गरी निर्णयहरु गरिरहेको ती नेताको आरोप छ ।

यस अघी पनि प्रधानमन्त्री ओलिले पार्टिलाई बाइपास गरी एकलौटी निर्णय गरेको भन्दै उक्त पार्टी भित्र बिबाद चुलिदै आएको थियो ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहिबार  १ : ४९ बजे