बाबुराम भट्टराईले जनता भड्काउन खोजे : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब तीन नेताले बााडेर खाएको दाबी निराधार भएको बताएका छन् ।उनले बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन् ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार बोल्दै प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए ।‘नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको छ। केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए।

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  ६ : ५९ बजे