हुम्लामा आफ्नाे भूमि मिचिदा समेत सरकारले दाबी गर्न सकेन : नेता सिंह



नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नाे भूमिसमेत दाबी गर्न नसकेकाे बताएका छन् । नागार्जुन नगरपालिकाले स्यूचाटारमा निर्माण गरेकाे अाेपन फिटनेस सेन्टरकाे उद्घाटन गर्दै शनिबार उनले सरकारकाे परराष्ट्रनीति असन्तुलित देखिएकाे बताए ।

हुम्लामा नेपाली भूमि चिनले अतिक्रमण गरेकाेबारे बुझ्न गएकाे सरकारी टाेली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।
`आफ्नाे राष्ट्रकाे भूभाग संरक्षित गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्ताे भान जनतालाई भइरहेकाे छ । याे दुर्भाग्य हाे ´,उनले भने ।
त्यस्तै उनले अहिले ठुला ठुला भ्रष्टाचार काण्ड भएकाे भन्दै त्यसकाे निष्पक्ष छानविनकाे पनि माग गरे । जतिसुकै ठुलाे नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जाेड दिए ।

नेता सिंहले किरब दुई तिहाई बहुमत नजिककाे वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएकाे बताए । सरकार काेराेना महामारीकाे बेलामा पनि मडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेकाे भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेकाे सिंहकाे भनाई थियाे । बलात्कारका घटना बढेकाे भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेकाे उनले बताए ।

 

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  १० : ४७ बजे