कांग्रेसका सवै सांसदको दशैं भत्ता फिर्ता गर्न कांग्रेस नेता मिनेन्द्रको प्रस्ताव



नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले व्यक्ती व्यक्तीले फिर्ता गर्ने भन्दा ससदीय दलका तर्फबाट सवै कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका छन् ।

नेता रिजालले ट्वीटरमा एकएकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं भन्ने प्रस्ताव गरेका हुन् ।

उनले पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । उनले यो आफ्नो आग्रह र निर्णय यही अनुरुप हुने बताएका छन् ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ३ : ०९ बजे