कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले उल्टो मती लिएको बताएका छन ।
कोरोना सङ्क्रमणको महामारिका बिच सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारले सुनाएको निर्णयकाप्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले यस्तो बताएका हुन ।
एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा र, भत्ता बाँडनु अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्नु सरकारको उल्टो मती भएको पौडेलले उल्लेख गरेका छन ।
पौडेलले प्रश्न गर्दै भनेका छन ” एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ , अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ?
कोरोना सङ्क्रमणको महामारि उच्च गतिमा बढ्दै गएको बेला सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारको निर्णयले सरकार जनताप्रती जिम्मेवार नभएको भन्दै अहिले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भैरहेको छ ।
कम्युनिष्ट सरकारको विपरित मति । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ?
— Ram Chandra Paudel (@NcPaudel) October 19, 2020










