प्रधानमन्त्री र सबै मन्त्रीले दशैं भत्ता कोरोना कोषलाई दिने मन्त्रिपरिषदको निर्णय



मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिएका हुन् ।

तेस्तै  सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने भएको छ।

सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

मन्त्रिपरिषद बैठकले विभिन्न सचिवहरुले सरुवा गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइको छ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  १ : १३ बजे