पछिल्लो २४ घ्यण्टामा नेपालमा ३ हजार ६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संखया एक लाख ४८ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
देशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घन्टाभित्र हालसम्म एक लाख २ हजार ८ सय २० जना नीको भएका छन् ।
देशमा अहिले ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् ।
देशमा अहिलेसम्म ८ सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बितेको २४ घन्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।








