ओली-दाहाल भेटघाट भयो सहमति भएन



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।

१२ दिनपछि आज भएको करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे ठोस सहमति नभएको स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् ।

आजको छलफलमा दाहालले पार्टीका अन्य नेताहरुको माग बमोजिम तत्काल सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए  तर, सचिवालय बैठक कहिले बस्ने ? भन्नेबारे अहिलेसम्म कुनै टुँगो छैन् ।

दुइ नेताबिच आज भएको भेटघाट सकारात्मक नभएको बुझिएको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  १२ : २० बजे