विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भइसकेको छ । पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित भएका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका हुन्।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र उनी निकट सदस्यहरु उपस्थित छैनन् । बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतम सहभागि छन् । सचिवालय सदस्यद्धय रामबहादुर थापा र विष्णु पौडेलबीच भने गृहमन्त्रालयमा छुट्टै छलफल भएको छ । बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्।नेकपा फुट्ने हल्ला चलीरहेका बेला प्रचण्डले बैठक बोलाउनु र ओलि सहित उनि पक्षधर नेता बैठकमा नजानुलाई कतिपयले पार्टी फुटको शुरुवात भनेका छन ।








