बालुवाटार भेटघाटमा चर्काचर्की,आरोप–प्रत्यारोपमै बित्यो २ घण्टा



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न आएका सचिवालयका पाँच जना सदस्यहरुलाई पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन् । ओलिविरुद्ध शुक्रबार मात्रै पार्टी कार्यालय धुम्बाराहीमा बैठक गरेकाअ नेकपाका ५ सचिवालय सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ओलीले पार्टीभित्र गुटबन्दी गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा सचिवालयका ५ सदस्यले प्रधानमन्त्रीलाई भेटेर बैठक बोलाउन माग गरे पनि ओलीले जवाफ दिएनन् ।सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  १० : २० बजे